हैजाबाट बच्न विदेशमा बसेकाको सल्लाह

हैजाबाट बच्न विदेशमा बसेकाको सल्लाह

गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएले हैजाबाट बच्न सल्लाह दिएको छ । मुलुकमा हैजाको प्रकोप बढन थालेपछि उसले सुझाव दिएको हो ।

हैजाबाट जोगिन व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरणमा विशेष ध्यान दिन आग्रह गरिएको छ । संक्रमण नियन्त्रणका लागि व्यक्ति र समुदाय मिलेर काम गर्न पनि जोड दिइएको छ ।

शौचालयमा मात्रै दिशापिसाब गर्न, शौचालयको प्रयोग गरिसकेपछि मिचिमिचि हात धुन, शहरको बाहिरी फोहोर उचित ठाउँमा व्यवस्थापन गर्न, पानी सँधै उमालेर, क्लोरिनको झोल हालेर, फिल्टर गरेर मात्र पिउन अनुरोध गरिएको हो ।

साथै, एनआरएनले होटलको पानी दूषित हुने भएकाले थप सावधानी अपनाउन भनेको छ । खानेकुरा छुनु वा पकाउनु अगाडि हात धुन, राम्रोसँग पखाल्न र पकाउन, झिँगाबाट सुरक्षित राख्न पनि भनिएको छ ।

हालसम्म उपत्यकाका २६ स्थानमा हैजा देखिएको छ ।

टिप्पणीहरू