बलत्कारीलाई १२ वर्ष कैद सजाय

बलत्कारीलाई १२ वर्ष कैद सजाय

बालिका बलत्कार गरेको कसुरमा जिल्ला अदालत पाँचथरले २२ वर्षीय कृष्ण राईलाई १२ वर्ष कैद सजाय सुनाएको छ । फिदिम नगरपालिका–९ का राईलाई १५ वर्षकी बालिका बलत्कारको मुद्दामा उक्त सजाय भएको हो ।

न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासबाट कसुर ठहराउँदै कैद सजायकासाथै पीडितलाई कसुरदारबाट ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन आदेश भएको छ । त्यसैगरि पीडित राहत कोषमा १८ हजार रुपैयाँ भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिजापतिले जानकारी दिनुभयो ।

पीडित पक्षले आरोपितविरूद्ध अघिल्लो वर्ष साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेर कानुनी कारवाहीको प्रक्रिया अघि बढाएको थियो ।

टिप्पणीहरू