बुढीगंगामा मतपेटिका उठाउन गएको प्रहरीमाथि ढुंगामुढा

बुढीगंगामा मतपेटिका उठाउन गएको प्रहरीमाथि ढुंगामुढा

बाजुराको बुढीगंगा नगरपालिका–४ मा मतपेटिका उठाउने क्रममा झडप भएको छ । मतपेटिका उठाउने क्रममा स्थानीयले अवरोध गर्न खोजेपछि झडप भएको हो । स्थानीयले ढुङ्गामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको जनाइएको छ ।

दिउँसो मतदानका क्रममा पनि ९ नम्बर वडाको त्रिशक्ति मतदान केन्द्रमा विवाद चर्किएपछि प्रहरीले हवाई फायर गरेको थियो । गत वैशाख ३१ गते मतदानका क्रममा विवाद भएपछि स्थगित त्यहाँको चुनाव आज भएको हो ।

टिप्पणीहरू