६० वर्षे केदार पनि ठग्न माहिर

६० वर्षे केदार पनि ठग्न माहिर

खातामा पर्याप्त रकम नभएको जान्दाजान्दै खाली चेक दिएका एक जनालाई प्रहरीले समातेको छ । उदयपुरको त्रियुगा नगरपालिका १३ स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका १० मा बस्दै आएका ६० वर्षीय केदार गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज ललितपुरको सानेपाबाट पक्रेको हो ।

२०७६ कात्तिक १५ गते गिरीले भुक्तानी दिने क्रममा खाली चेक दिएका थिए । २०७७ माघ ६ गते गिरीलाई २० लाख रुपैयाँ जरिवाना र सात दिन कैद सजाय सुनाइएपछि गिरी फरार भएका हुन् ।

उनलाई पक्राउ गरेर कारवाहीको निम्ति काठमाडौं जिल्ला अदालतमा बुझाइएको छ ।

टिप्पणीहरू