लाटीनाथलाई १ करोडको भवन उपहार

लाटीनाथलाई १ करोडको भवन उपहार

जापानले दार्चुलामा रहेको लाटीनाथ माध्यमिक विद्यालयमा व्यवसायिक तालिम केन्द्र भवन निर्माण गरी हिजो विद्यालयलाई हस्तान्तरण गरेको छ ।

जापान सरकारको ‘ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट’ (जिजीपी) को अनुदान सहयोगअन्तर्गत ८२ हजार ९५३ अमेरिकी डलरमा नयाँ भवन निर्माण गरिएको हो ।

नेपालका निम्ति जापानका कार्यवाहक राजदूत तमुराले पहिलो पटक नेपाली विद्यार्थीलाई अध्ययनका लागि जापान पठाइएको १२०औँ वार्षिकोत्सवका अवसरमा तालिम दिन नयाँ भवन निर्माण गरेर हस्तान्तरण गरेको बताउनुभयो ।

तालिम केन्द्रले स्थानीयलाई उपयुक्त तालिम दिनुका साथै उनीहरुको जीवनस्तर उकास्न सहयोग पुग्ने जापानी दूतावासले विश्वास लिएको छ । साथै यसबाट जापान र नेपालका जनताबीचको मित्रतालाई थप प्रगाढ बनाउन सहयोग पुग्ने पनि दूतावासले जनाएको छ ।

टिप्पणीहरू