खेलकुदमन्त्री बिरामी खेलाडी भेट्न अस्पतालमा

खेलकुदमन्त्री बिरामी खेलाडी भेट्न अस्पतालमा

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले एसियाली खेलकुद तयारीको प्रशिक्षणमा घाइते भएकी राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्ति गर्नुभएको छ । आज ललितपुरको बीएण्डबी अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाइते भएकी रेणुकाको क्यारिकल बोन (ब्यूटी बोन) भाँच्चिएको थियो । अस्ति साँझ उनको शल्यक्रिया गरिएको हो ।

मन्त्री गहतराजले शल्यक्रिया र उपचारपछि नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताउनुभयो । उनलाई केही दिनभित्रै डिस्चार्ज गरिने स्पताल प्रशासनले जनाएको छ ।

टिप्पणीहरू