एनसेलले गर्याे रिङरोड ग्रीन बेल्टको उद्घाटन

एनसेलले गर्याे रिङरोड ग्रीन बेल्टको उद्घाटन

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रिङरोड ग्रीन बेल्टको उद्घाटन गरेको छ । कम्पनीले कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको हिजो उद्घाटन गरेको हो ।

एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रुपमा एक कार्यक्रमाझ मंगलबार उक्त ग्रीन बेल्ट उद्घाटन गर्नुभएको हो ।

यो परियोजना हरियाली विकासको एक उदाहरणीय काम बनेको र यसले रिङरोड सडक खण्डमा सफा र हरियालीलाई प्रवधर््न गर्ने कम्पनीको योजना रहेको छ । एनसेलले सन् २०२४ सम्म यस ग्रीन बेल्टको संरक्षण गर्ने जनाएको छ ।

‘दीगो विकास लक्ष्यसँग जोडिएको सरकारको वातावरण सम्बन्धी लक्ष्य र हाम्रो आजियाटा समूहको नेट जिरो कार्बनको आकांक्षा अनुरूप समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान गर्न पाउँदा हामी खुसी छौं,’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले भन्नुभयो ।

यस्तै वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीले उक्त क्षेत्रका ९० प्रतिशत बोटबिरुवालाई जीवितै राख्ने आफूहरुको प्रतिबद्धता रहेको पनि बताउनुभयो ।

एनसेलले आफ्नो सामाजिक पहल अन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायत क्षेत्रमा १.६५ अर्ब रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याएको छ ।

टिप्पणीहरू