दूतावासले भन्यो ‘मास्क नलगाई बाहिर ननिस्कौं’

दूतावासले भन्यो ‘मास्क नलगाई बाहिर ननिस्कौं’

कतारमा कोरोना संक्रमण बढ्न थालेपछि त्यहाँस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन सचेत गराएको छ । दूतावासले आज विज्ञप्ति जारी गर्दैै त्यहाँका नेपालीलाई मास्क नलगाई बाहिर ननिस्कन भनेको हो ।

‘कतारमा कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा कतारको मन्त्रिपरिषद्को निर्णयबमोजिम यहाँ बसोबास गर्ने छ वर्षभन्दा बढी उमेरका सबैले आज ७ जुलाई २०२२ बाट लागू हुनेगरि सार्वजनिकस्थलमा फेस मास्क अनिवार्य गरिएको छ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ । वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको कतारमा तीन लाखभन्दा बढी नेपाली छन् ।

टिप्पणीहरू