चट्याङबाट जोगिन रुखमुनि ओत लागेका युवक बिते

चट्याङबाट जोगिन रुखमुनि ओत लागेका युवक बिते

जुम्लामा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । तिला गाउँपालिका ९, मालापानी घर भएका प्रेम बुढाको चट्याङ लागेर हिजो मृत्यु भएको हो ।

बारीमा सिमी गोड्न गएका १८ वर्षे बुढाको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी भुवन भट्टले जानकारी दिए ।

प्रहरीका अनुसार पानी दर्केपछि उनी रुखमुनि ओत लाग्न गए थिए । सोही क्रममा ओत लागेकै रुखमा चट्याङ परेको हो ।

टिप्पणीहरू