कोरोना बढ्यो, आज ११३ जनामा संक्रमण

कोरोना बढ्यो, आज ११३ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ११३ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ७२४ जनाको नमूना परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको हो ।

एक हजार पाँच सय ४९ जनाको पिसीआर परीक्षण गर्दा ९० जना र एक हजार एक सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

आज २० जना निको भएका छन् । आज थपिएकासहित कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार सय ७१ पुगेको छ । आज कोरोना संक्रमणबाट कसैको ज्यान गएको छैन ।

टिप्पणीहरू