भक्तपुर र हेटौंडामा पनि हैजा देखियो

भक्तपुर र हेटौंडामा पनि हैजा देखियो

भक्तपुर र हेटौंडामा थप दुई जनामा हैजा पुष्टी भएको छ । आज चाँगुनारायण नगरपालिका ४, दुवाकोट र हेटौंडा नगरपालिकामा थप दुई जनामा हैजा पुष्टी भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले संक्रमितको काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभएको छ ।

हालसम्म २१ जनामा हैजा संक्रमण पुष्टी भएको छ । उपत्यकाका बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु, बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी, कीर्तिपुर, कागेश्वरी–मनोहरा, टेकु, ग्वार्कोलगायत क्षेत्रमा हैजा देखिएको छ ।

हैजाको प्रकोप बढेसँगै स्वास्थ्य मन्त्रालयले उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरेको छ ।

टिप्पणीहरू