मनोरञ्जन व्यवसाय सञ्चालनमा कडिकडाउ

मनोरञ्जन व्यवसाय सञ्चालनमा कडिकडाउ

काठमाडौं महानगरपालिकाले मनोरञ्जनात्मक व्यवसाय नवीकरण गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।

महानगरले सूचना जारी गर्दै चलचित्र हल, क्यासिनो, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब, सांस्कृतिक प्रर्दशन हल, थिएटर/नाटक घरलगायत अन्य क्षेत्रलाई कर तिरेर नवीकरण गरि सञ्चालन गर्न आग्रह गरेको हो ।

वडाबाट व्यापार व्यवसायी गर्दा व्यवसाय कर र मनोरञ्जन कर तिर्नुपर्ने उल्लेख गर्दै महानगरले राजस्व विभागमा कर बुझाएको प्रमाण जाँच गरेर दर्ता/नवीकरण गर्न भनेको छ ।

“फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एवम् स्पा, स्वीमिङ पुल, पार्कलगायत मनोरञ्जन करसँग सम्बन्धित व्यवसायीलाई त्यस वडाबाट व्यापार व्यवसाय गर्दा व्यवसाय कर र मनोरञ्जन कर तिर्न आग्रह गर्दै महानगरले भनेको छ, ‘उल्लेखित व्यवसायहरूले राजस्व विभागमा मनोरञ्जन कर बुझाएको प्रमाण जाँच गरी मात्र व्यवसाय दर्ता/नवीकरण गर्न अनुरोध छ ।’

टिप्पणीहरू