भैँसी बोकेको भ्यान दुर्घटना हुँदा चालक रहेनन्

भैँसी बोकेको भ्यान दुर्घटना हुँदा चालक रहेनन्

सिन्धुलीमा भैँसी बोलेको पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान भैँसी बोकेर काठमाडौँ आउँदै गरेको बागमती प्रदेश-०१-०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई सवा ५ बजे सुनकोसी गाउँपालिका–६ शीतलपाटीमा दुर्घटना भएको हो । भ्यान सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा सिराहाको विष्णुपुरपट्टि– १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू