अल्जेरियाको स्वतन्त्रता दिवसमा भव्य सैन्य परेड

अल्जेरियाको स्वतन्त्रता दिवसमा भव्य सैन्य परेड

हरेक मुलुकले आफू स्वतन्त्र भएको दिन विभिन्न किसिमको कार्यक्रम गर्दछन् । यस्ता कार्यक्रममा मुख्यगरी सैनिकको उपस्थितिका साथै उनीहरुलाई परेड गराएर वा आफ्नो सैन्य बल अनि हतियारको प्रदर्शनी गरिन्छ ।

यसै क्रममा अल्जेरियाले फ्रान्सेली उपनिवेशवादबाट स्वतन्त्र भएको ६० औं वार्षिकोत्सव हिजो मंगलबार भव्यतासाथ मनाएको छ । सो कार्यक्रममा देशका वरिष्ठ नेता, सरकारी पदाधिकारी र बिदेशी पाहुनाहरु उपस्थित थिए।

परेडमा मिसाइल लन्चरहरू,सशस्त्र कर्मचारी वाहक वाहनहरू र सोभियत युगका ट्याङ्कहरू सहित सयौं सैन्य सवारीहरूको पनि प्रदर्शन गरिएको थियो भने ट्युनिसिया, इथियोपिया र नाइजरका राष्ट्रपतिलगायत विदेशी नेताहरू विशिष्ट पाहुनाको रुपमा उपस्थित थिए ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू