कोरोना संक्रमण बढ्नुको दोष भारतबाट फर्किएकामाथि लाग्यो

कोरोना संक्रमण बढ्नुको दोष भारतबाट फर्किएकामाथि लाग्यो

केही दिनयता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेको छ । भारतमा संक्रमितको संख्या बढेपछि यसको प्रभाव नेपालमा पनि देखिन थालेको हो । अस्ति र हिजोको तुलनामा आज झण्डै दोब्बर संख्यामा संक्रमण पुष्टी भएको छ । आज एकै दिन ९० जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

भारतबाट फर्केका नेपाली र भारतीयहरुका कारण मुलुकमा संक्रमितको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिनुभयो । कोरोना संक्रमितहरु भारतीय सीामा नाकाबाट चेकजाँच नगरी भित्रिएका कारण यता पनि संक्रमितको संख्या बढेको बताइन्छ ।

‘भारतबाट नेपालमा कोरोना भित्रिएको छ । त्यही कारण यहाँ संक्रमितको संख्या बढेको हो,’ उहाँले भन्नुभयो, ‘विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका नाकाबाट धेरै संक्रमित भित्रिएको आशंका छ । उहाँहरुबाटै पछिल्लो पटक भाइरस फैलिएको आशंका गरेका छौँ ।’

डा.दासले सीमा नाकामा कडाइ नगरेसम्म र सुरक्षा सावधानी नअपनाएसम्म भाइरस फैलिन सक्ने चेतावनी पनि दिनुभएको छ । उहाँले कोरोनाबाट बच्न त्यसका मापदण्डहरु कडाइकास साथ पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

टिप्पणीहरू