आज ९० जनामा कोरोना संक्रमण

आज ९० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा मुलुकभर थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार नौ सय ४४ जनाको पिसीआर परीक्षणमा ७३ र एक हजार एक सय ६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने हाल देशभर चार सय एक जना सक्रिय संक्रमित छन् । आज कोरोना संक्रमणबाट कसैको ज्यान गएको छैन ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार चार सय ४४ पुगेको छ । गत हिँउँददेखि घट्दै आएको संक्रमणको अवस्थामा अहिले एकाएक वृद्धि भएको छ । नयाँ भेरिएण्ट फैलिएका कारण संक्रमण बढेको बताइएको छ ।

टिप्पणीहरू