अब फेरिने अरु मन्त्रीको पालो

अब फेरिने अरु मन्त्रीको पालो

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरु पनि फिर्ता भई नयाँ मन्त्री पठाएपछि राष्ट्रिय राजनीतिमा नयाँ तरंग सिर्जना भएकाे छ । अस्ति नयाँ मन्त्री नियुक्त भएका छन्र । त्यसअघि अघिल्लाे साता खुशीबुँ, नयाँ बजारस्थित नेपाः व्यांक्वेटमा भएको उक्त पार्टीको बैठकमा डा.बाबुराम भट्टराईसहित उनी पक्षका आठ जना र अशोक राईसहितका नेता पुगेनन् ।

महेन्द्र राय, राजकिशोर, अमृता अग्रहरी र रमेश राई पनि थिएनन् । अर्थात्, ३४ मा २२ जना उपस्थित भएको उक्त बैठकले अध्यक्ष उपेन्द्र यादवलाई हटाउने र पठाउने मन्त्रीको जिम्मा दिएको थियाे ।

उक्त बैठकअघि बिहान साढे ९ देखि आधा घण्टासम्म उपेन्द्रको हात्तीवनस्थित घरमा प्रचण्ड र माधव नेपालसहितको भेटघाट भएको थियो । आगामी निर्वाचनमा नेपाली कांग्रेससँग देशका सबै निर्वाचन क्षेत्रमा तालमेल नहुने कारण बाँकी क्षेत्रमा माओवादी, समाजवादी, जसपा र जनमोर्चाबीच मात्रै तालमेल गर्ने सल्लाहनिम्ति तीन नेताबीच उक्त भेट भएको जसपास्रोतले जनाएको छ ।

०७४ मा एमालेले २ सय ६५ क्षेत्रमध्ये सयमा आफू उठेर बाँकी बाँडेको थियो । तर, कांग्रेस त्यो मोडालिटीमा नजाने भएको छ । निश्चित नेताहरुका हकमा उसले उम्मेदवारी नदिएर सघाउने र बाँकीमा आफैँ आफैँ चुनावमा जाने तयारी छ । यो संख्याअनुसार करिव २० क्षेत्रमा मात्रै कांग्रेसले चार दलसँग तालमेल गर्ने सम्भावना छ ।

स्रोतका अनुसार, बैठकमा उपस्थित भएर कुरा राख्नुको सट्टा बाहिर पार्टीको विरोध गर्नेलाई कारवाही गर्ने मनस्थितिमा अध्यक्ष यादव पुगेका छन् । नयाँ दल भएका कारण संसदको चालु अवधीभित्र जसपा अहिल्यै विभाजित हुने अवस्था छैन ।

त्यसमाथि संख्याले पनि पार्टी विभाजनलाई सघाउँदैन । बाबुरामले पार्टी छोड्ने सम्भावना बढी छ । तर, उनले जति मान्छे लिएर जान्छन्, ती सबै उनीसँग हुने सम्भावना कम रहने स्रोतले जनाएको छ ।

टिप्पणीहरू