माओवादीमा पदाधिकारी प्रस्ताव गर्न प्रचण्डमाथि दबाब,कार्यान्वयन नहुनमा के को प्रभाव ?

माओवादीमा पदाधिकारी प्रस्ताव गर्न प्रचण्डमाथि दबाब,कार्यान्वयन नहुनमा के को प्रभाव ?

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी चयनको माग गरिएको छ । हिजोदेखि शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा आज धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले जारी बैठकबाटै पदाधिकारी टुंगो लगाउन माग गरेका हुन् ।

आज धारणा राख्ने हरिबोल गजुरेल,सुदन किराँती,हेमराज भण्डारीलगायतका नेताहरुले यहि बैठकबाटै पदाधिकारी र स्थायी कमिटी चयन गर्न माग गरे । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले आज ४१ जना नेताले भाग लिएको र स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माणबारेमा विशेष कुरा उठेको जानकारी दिनुभयो ।

आइतबार केन्द्रीय समितिको मिटिङमा अध्यक्ष प्रचण्डले राखेको संक्षिप्त राजनीतिक प्रतिवेदनमाथि आज नेताहरूले आफ्नो धारणा राखेसँगै बहसको कार्यक्रम सम्पन्न भएको उहाँको भनाइ छ ।

मंगलबार अध्यक्षले प्रतिवेदनमाथि उठेका प्रश्नको स्पष्टीकरण दिने कार्यक्रम छ ।

गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादीले अहिलेसम्म अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेको छैन । महाधिवेशनलगत्तै बसेको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरे पनि आकांक्षी धेरै हुँदा माओवादीले अन्य पदाधिकारी छान्न सकेको छैन ।

टिप्पणीहरू