आज ४० जनामा संक्रमण, १९ जना सन्चो

आज ४० जनामा संक्रमण, १९ जना सन्चो

पछिल्लो २४ घण्टामा देशभर ४० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार आठ सय ४७ जनाको पिसीआर परीक्षणमा ३४ र एक हजार एक सय ६३ जनाको एन्टीजेन परीक्षणमा छ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जना निको भएका छन् भने हाल देशभर तीन सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । आज कोरोना संक्रमणबाट कसैको ज्यान गएको छैन ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार तीन सय ५४ पुगेको छ ।

टिप्पणीहरू