फरार हत्या आरोपित २ जना समातिए

फरार हत्या आरोपित २ जना समातिए

सिन्धुलीको कमलामाई नगरपालिका ६, धुरा बजार बस्ने सुमन बिकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीले घ्याङलेख गाउँपालिका–३, तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङलाई हिजो राति पक्राउ गरेको हो ।

उनले सोही नगरपालिका ६, लोकतान्त्रिक चोकस्थित डाँफे होटल एण्ड लजमा उनीहरूबीच झगडा हुँदा थिङले बिकको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, कर्तव्य ज्यान मुद्दामा फरार अर्का अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१, छपकैया बस्ने रामजान भन्ने २६ वर्षीय हसमुदिन अन्सारीलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।

अन्सारी कलैया उपमहानगरपालिका–५ बहुअर टोल नहरको छेउमा मनिष कुमारको हत्या गरी फरार भएका हुन

टिप्पणीहरू