कोरोना संक्रमण बढ्नुको कारण यस्तो छ…

कोरोना संक्रमण बढ्नुको कारण यस्तो छ…

नेपालमा पछिल्लो केही सातादेखि कोरोना संक्रमितको संख्या बढ्दो छ । ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति देखा परेका कारण संक्रमण बढेको हो ।

उक्त भेरियन्टको नयाँ प्रजाति ‘बीए ५यू’ फेला परेकाले संक्रमण बढेको बताइन्छ । यो मुलुकमै पहिलो पटक ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको हो ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको अनुवांशिक (जीन सिक्वेन्सिङ) को पछिल्लो अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. चुमनलाल दासले एक÷दुई दिनमा काठमाडौंमा गरिएको जीन सिक्वेन्सिङबारे पनि थाहा हुने जानकारी दिनुभएको छ । नेपालमा केही दिनयता कोरोना संक्रमण दर बढ्नुको कारण नयाँ भेरियन्ट हुनसक्ने बताइएको छ ।

टिप्पणीहरू