केपी ओली पनि आजित,”अब त अति भयो”

केपी ओली पनि आजित,”अब त अति भयो”

प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले सरकारले निश्चित घराना र व्यापारीलाई फाइदा हुनेगरी बजेट ल्याएको आरोप लगाउनुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले आर्थिक वर्ष २०७९/०८० को बजेट देशका लागि नभएर निश्चित व्यापारी घरानालाई फाइदा पुग्ने गरी ल्याइएको गम्भीर आरोप लगाउनुभएको हो । अर्थ मन्त्रालयमा व्यापारी बोलाएर र उनीहरूकै इच्छाअनुसार करको दर परिवर्तन गरिएको आरोप दोहोर्याउँदै ओलीले व्यापारीका मान्छे राखेर बजेट बनाउनु आर्थिक अनुशासनहीनताको पराकाष्ठा भएकाले छानबिनको माग गर्नुभयो ।

अर्थमन्त्री जनार्दन शर्माले एमाले को हो ? उसले भन्दैमा सिसिटिभी फुटेज दिनुपर्छ ? भनेर दिएको अभिव्यक्तिको प्रतिवाद गर्दै उहाँले यसबारे सिंगो मन्त्रिपरिषद्सहित प्रधानमन्त्री जवाफदेही हुनुपर्ने बताउनुभयो । एसपीपीमा सरकारबाटै अन्योलमा राख्ने काम भएको भन्दै उहाँले भन्नुभयो, ‘इनफ इज इनफ,अब त अति भयो ।’ एसपीपीका सन्दर्भमा सरकारले जनतालाई अन्योलमा राखेको ओलीको भनाइ छ ।

टिप्पणीहरू