किन होला अर्थमन्त्री दिनदिनै खुमलटार ?

किन होला अर्थमन्त्री दिनदिनै खुमलटार ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भेटघाटको क्रम बाक्लिएको छ । त्यसमा सबैभन्दा धेरै आफ्नै दलका मन्त्रीहरु हुने गरेका छन् । अध्यक्ष दाहालसँग भेट्न हिजो पनि अर्थमन्त्री जनार्दन शर्मा बिहान त्यहाँ जानुभएको थियो । अध्यक्ष र मन्त्री शर्माबीच बिहान आधा घण्टा भेटवार्ता भयो ।

त्यसपछि अध्यक्षलाई भेट्न शिक्षामन्त्री देवेन्द्र पौडेल पुग्नुभयो । उहाँहरुबीच पनि झण्डै आधा घण्टा कुराकानी भएको बताइन्छ । शिक्षामन्त्री निस्केपछि नेता नारायणकाजी श्रेष्ठ त्यहाँ जानुभएको थियो । उहाँले पनि अध्यक्ष दाहालसँग आधा घण्टा नै भेट्नुभयो ।

केही सातादेखि अर्थमन्त्री अध्यक्ष दाहालसँग भेटघाट गर्न प्रायः नियमित रुपमा त्यहाँ जानुभएको छ । त्यसपछि ऊर्जामन्त्री पम्फा भुसाल पनि निरन्तर खुमलटार जाने मन्त्रीमा पर्नुहुन्छ ।

टिप्पणीहरू