आज अमेरिकाभर हर्षोल्लास

आज अमेरिकाभर हर्षोल्लास

अन्तर्राष्ट्रिय टाइम जोनअनुसार यतिखेर संयुक्त राज्य अमेरिकामा जुलाई ३ तारिखको मध्यरात छ । अबको केही घण्टापछि अमेरिकीहरुले हर्षोल्लास मनाउँदैछन् ।

अमेरिकाभन्दा पूर्वका देशमा रहेका अमेरिकीहरुले जुलाई ४ तारिखलाई मनाउन थालिसकेका छन ।

अमेरिकीहरूले जुलाई ४ का दिन स्वतन्त्रता दिवस निकै हर्षोल्लासपूर्वक मनाउँछन् । सन् १७७६ को जुलाई ४ तारिखका दिन अमेरिकीहरूले वर्षौंदेखि गरेको स्वतन्त्रता संघर्षमा विजय हासिल गरेका थिए ।

यता काठमाडौंस्थित अमेरिकी दूतावसाले पनि आज स्वशासन र लोकतान्त्रिक शासनको अधिकारको लागि लड्ने जोकोहीलाई समर्थन गर्ने भन्दै सामाजिक सञ्जालमार्फत् स्वतन्त्रता दिवसको शुभकामना दिएको छ ।

टिप्पणीहरू