मिटरब्याजीविरुद्ध अदालत अगाडि प्रदर्शन

मिटरब्याजीविरुद्ध अदालत अगाडि प्रदर्शन

सप्तरीमा मिटरब्याजीविरुद्ध अदालत अगाडि प्रदर्शन भएको छ । मिटरब्याजी रामदेव साहको अत्याचारबाट पीडितहरूले आज जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हुन् ।

मिटरब्याजी साहपीडित संघर्ष समितिको आह्वानमा प्रदर्शन भएको हो । गाउँ–गाउँबाट आएका पीडितहरूले र्यालीसँगै नाराबाजी गर्दै बजार परिक्रमा गरेर जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए ।

सप्तरीको खडक नगरपालिका–७ घरभई धरान बस्दै आएका साहले करोडौंको रकम र सम्पत्ति ठगी गरी फरार छन् । अहिलेसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

टिप्पणीहरू