काँग्रेस महामन्त्री श्रीमतीसहित अमेरिकातिर

काँग्रेस महामन्त्री श्रीमतीसहित अमेरिकातिर

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका जानुभएको छ । उहाँ श्रीमती कविता शर्मासँगै हिजो त्यसतर्फ उड्नुभएको हो । कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा उहाँ काठमाडौंबाट दोहा हुँदै अमेरिका प्रस्थान गर्नुभएको एअरवेज स्रोतले बताएको छ ।

यता पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारी र मुस्लिम आयोगका सदस्य मोहमद्धिन अलि अन्सारी हिजो दिउँसो स्वदेश फर्कनुभएको छ । उहाँहरु मलेसियन एअरलाइन्सको उडान नम्बर एमएस १७० मा क्वालालम्पुरबाट काठमाडौं आउनुभएको हो ।

सोही विमानको उडान नम्बर १७१ बाट नेपाल भ्रमणमा आएको दक्षिण कोरियाली विदेश मन्त्रालयको तीन सदस्यीय टोली क्वालालम्पुर हुँदै स्वदेश फर्केको छ ।

टिप्पणीहरू