प्रधानमन्त्रीले भन्नुभयो- ‘दुई वटा रन वे बनाउनुस’

प्रधानमन्त्रीले भन्नुभयो- ‘दुई वटा रन वे बनाउनुस’

प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा रन वे बनाउन निर्देशन दिनुभएको छ । उहाँले विमानस्थल बनाउने काममा अब ढिलासुस्ती नगर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

सर्वोच्च अदालतको आदेशपछि हिजो दिउँसो सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुसँगै सैनिक हेलिकप्टर चढेर निजगढ पुग्नुभएका प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।

प्रस्तावित विमानस्थलको क्षेत्रभित्र उभिँदै प्रधानमन्त्रीले भन्नुभएको थियो, ‘अब एउटा होइन दुईवटा बनाउनुस् । एउटा हुँदा काठमाडौंमा अप्ठेरो परेको छ । त्यसैले दुई वटा रनवेको डिजाइन गरेर काम अघि बढाउनुस् ।’

टिप्पणीहरू