माओवादी बैठकमा खवरदारी, ‘खल्तिबाट फुत्त नाम झिक्ने होइन’

माओवादी बैठकमा खवरदारी, ‘खल्तिबाट फुत्त नाम झिक्ने होइन’

नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठक प्रारम्भ भएको केही घण्टामै रोकिएको छ । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने बताइएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा भएको बैठकमा आज १० वटै प्रदेश इञ्चार्ज र अध्यक्षको रिपोर्टिङ सकिएको छ ।

पर्सिसम्म चल्ने भनिएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नौ बुँदे एजेण्डा प्रस्तुत गर्नु भएको छ । सहभागी एक सदस्यका अनुसार आजको बैठकमा पदाधिकारी चयनको विषय जोडदार ढंगले उठेको छ ।

यही बैठकबाट पदाधिकारी चयन गर्नु पर्ने माग आएको उनले बताए । सकेसम्म सहमतिमा अन्यथा निर्वाचन माध्यमबाट भए पनि पदाधिकारी चयन गर्नैपर्नेमा सदस्यहरु देखिएका छन् ।

आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने विषयले पनि आजको छलफलमा महत्व पाएको छ । उपत्यका विशेष प्रदेशका अध्यक्ष जगत सिमखडाले गठबन्धनमा जाँदा मतदाताले चुनाव चिह्न नै बिर्सने अवस्था आइसकेको बताए ।

त्यस्तै गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले मापदण्ड विपरीत खल्तीबाट फुत्त चयन गरिएको नेतृत्वबाट आन्दोलन माथि नउठ्ने भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

टिप्पणीहरू