एमाले नेताहरु डेढ घण्टा ढिलो जुटे

एमाले नेताहरु डेढ घण्टा ढिलो जुटे

एमाले केन्द्रीय सचिवालयको बैठक केही बेरअघि शुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुवासचन्द्र नेम्बाङ, महासचिव शंकर पोखरेलको उपस्थिति छ ।

त्यसैगरी उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्र रिमाल, सचिवहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्माकुमारी अर्याल लगायतको उपस्थति रहेको बताइएको छ ।

बिहान ११ बजे बोलाइएको बैठक मध्यान्ह साढे १२ बजे शुरु भएको हो ।

टिप्पणीहरू