कम्युनिस्ट नेताकी छोरी अमेरिकामा नेपालकै ‘पहिलो अन्तरिक्षयात्री’
दाङको भालुवाङ निवासी ज्योति केसी नेपालको पहिलो अन्तरिक्षयात्री बनेकी छन् । अमेरिकी अन्तरिक्ष संस्था नेशनल एरोनटिक्स एण्ड स्पेस एड्मिनिष्ट्रेसन (नासा) बाट अन्तरिक्षयात्रीको तालिम सकाएपछि उनी अन्तरिक्षमा जान तयार भएकी हुन् ।
प्युठानको झिमरुक गाउँपालिकामा जन्मेकी ज्योती राष्ट्रिय जनमोर्चाको दाङ जिल्ला सल्लाहकार नरबहादुर केसीकी छोरी हुन् । उनी नेपालको पहिलो अन्तरिक्षयात्री बन्न लागेकोमा धेरैले बधाइ दिएका छन् ।
नेकपा मसालका नेता मोहनविक्रम सिंहका छोरा समिरले पनि सामाजिक सञ्जालमा केसीलाई बधाई दिएका छन् । ज्योति एरोस्पेस इन्जिनियरिङमा उच्च शिक्षा अध्ययनको निम्ति पाँच वर्षअघि अमेरिका गएकी थिइन् । उनले उक्त अध्ययनपछि सम्बन्धित तालिम सकाएकी हुन् । त्यसअघि केसीले वायुसेवा तालिमसमेत लिएकी थिइन् ।
टिप्पणीहरू