बिदेशको हिमाल चढ्ने जिरेललाई कलमवाला झण्डा हस्तान्तरण

बिदेशको हिमाल चढ्ने जिरेललाई कलमवाला झण्डा हस्तान्तरण

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हिमाल आरोही लालबहादुर जिरेललाई पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा हस्तान्तरण गर्नुभएको छ । आज बिहान केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा नेपालले जिरेललाई सफलताको शुभकामनासहित झण्डा हस्तान्तरण गर्नुभएको हो ।

सर्वोच्च शिखर सगरमाथासहित साना,ठूला थुप्रै हिमालको सफल आरोहण गरिसक्नुभएका जिरेल किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लाग्नुभएको र उक्त हिमालमा नेकपा (एकीकृत समाजवादी) पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा फहराउने इच्छा ब्यक्त गर्नुभएकोले झण्डा हस्तान्तरण गरिएको हो ।

अध्यक्ष नेपालले दोलखाको जिरी निवासी जिरेललाई आरोहण सफलताको हार्दिक शुभकामना सहित नेपालको पहिचान गराउन गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

टिप्पणीहरू