भारतीय राजदूत छिर्नुअघि बालुवाटारबाट गुप्तचर प्रमुख बाहिरिए

भारतीय राजदूत छिर्नुअघि बालुवाटारबाट गुप्तचर प्रमुख बाहिरिए

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्नुभएको छ । उहाँले हिजै अपरान्ह शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियो ।

शीतल निवासबाट बाहिरिएर विधिवत कार्यभार सम्हाल्न दूतावास पुग्नुभएका उहाँ केही बेरपछि बालुवाटार जानुभएको हो । त्यसअघि बालुवाटारमा प्रधानमन्त्री देउवासँग राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदु खरेलले भेट्नुभएको थियो ।

भारतीय राजदूतसँगको भेटघाटको समय नजिकिएपछि उहाँ त्यहाँबाट बाहिरिनुभएको हो । हिजै परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि दक्षिण कोरियाका राजदूत हान दोङ्ग मनसँग दिउँसो मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभयो ।

टिप्पणीहरू