आज ५० जनामा संक्रमण, १८ जना निको

आज ५० जनामा संक्रमण, १८ जना निको

बितेको २४ घण्टामा देशभर थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक हजार चार सय ६७ जनाको पिसीआर परीक्षणमा ३५ जना र एक हजार तीन सय ४७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका १८ जना निको भएका छन् । हाल देशभर २९७ जना सक्रिय संक्रमित छन् । आज कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार २१७ पुगेको छ ।

टिप्पणीहरू