‘असार १७’ हात्ती आयो हात्ती आयो फुस्सा

‘असार १७’ हात्ती आयो हात्ती आयो फुस्सा

नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले स्थानीय तहको चुनावी अभियानमा ‘असार १७ ‘ को खुब चर्चा गर्नु भयो । के थियो त असार १७ अर्थात् आजको दिन ? किन बारम्बार असार १७ नै आइरह्यो एमाले अध्यक्षको मन मस्तिष्कमा ? के पक्कै राजनीतिक कोर्स परिवर्तन हुने हो त ? यस्ता प्रश्न कयौँको मनमा नउब्जिएका पनि होइनन् ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्योतिषीको विश्वास गर्ने भन्दै आगामी असार १७ को नक्षत्र र ग्रहहरू कस्ता छन्,ज्योतिषीलाई बोलाएर हेर्नु होला भनी व्यङ्ग्य गर्नु भएको थियो । त्यो असार १७ आजैको दिन हो,अहिलेसम्म न कुनै कोर्स नै बद्लिएको छ । न त प्रधानमन्त्रीका नक्षत्र र ग्रहहरू खराब देखिएका छन् ।

हामी सञ्चारकर्मीलाई समेत अन्योलग्रस्त बनाउन खोज्ने उहाँले वैशाख अन्तिम साता चुनावी अभियानलाई असार १७ को भाका हालेर तरङ्गित बनाउन खोज्नुभयो ।आफ्नो चलाखीपूर्ण व्यवहारले ठुल्ठूला राजनीतिज्ञलाई समेत माथ खुवाउन सक्नेले जनतालाई नयाँ चक्मा दिनु शायद राजनीतिको यौटा नयाँ प्रयोग नै होला ।

जनमानसमा ‘असार १७’ को भ्रम यतिसम्म पर्‍यो कि पक्कै केही हुने वाला छ भन्ने धेरैलाई लागेको थियो । कमरेड केपी ओलीको अभिव्यक्तिलाई हुबहु पत्याउने हरूको लागि समेत खास कुरा बुझ्न आजको दिनसम्म कुर्नु पर्‍यो।

टिप्पणीहरू