अमेरिकाको कुरो ठीक कि निजगढको ?

अमेरिकाको कुरो ठीक कि निजगढको ?

बोल्नेको पिठो बिक्छ,नबोल्नेको चामल पनि बिक्दैन भन्ने नेपाली उखान धेरै प्रसंगमा मेल खान्छ । अहिले यो प्रसंग अमेरिका र विकसित मुलुकले उठाउँदै आएको जलवायु परिवर्तनको विषयमा पनि ठ्याक्कै सान्दर्भिक भएको छ ।

अमेरिका र विकसित मुलुकले प्रयोग गर्ने अत्यधिक इन्धन तथा एअरकण्डिसनका कारण विश्वको तापमान बढेको छ । वायुमण्डलको माथिल्लो भागमा रहेको हरितगृहमा नराम्रो असर पारेपछि उनीहरुले नै विश्वमा जलवायु परिवर्तनको असर कम गर्ने भन्दै अभियान चलाएका छन् । नेपाललगायत अतिकम विकसित मुलुकलाई रुख रोप,इन्धनको कम खपत गर र वैकल्पिक ऊर्जा प्रयोग गर पनि भनेका छन् ।

उनीहरुकै अनेक औद्योगिक होडबाजीका कारण हाम्रो हिमालय पर्वतका हिउँ पग्लन थालेका छन् । डलर दिइदिइ तारे होटलमा गोष्ठी,सेमिनारको आयोजना गरेकै छन् । त्यसैको असरस्वरुप अहिले निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको विषयलाई सर्वोच्च अदालतसम्म पुर्याएर पेचिलो बनाइएको छ । अदालतका पाँच जना न्यायाधीशमध्ये तीन जना एकातिर र दुई जना अर्कातिर देखिएका छन् । जलवायु परिवर्तनको मुद्दा उठाउनेहरु न्यायाधीशवीच राय बाझिएको र सरकारका सारा निर्णय बदर गरिएकोमा दंग छन् ।

हिजो त्यहाँको सर्वोच्च अदालतले गरेको फैसलामा कोइला बालेर पनि बिजुली निकाल्न आदेश दिइएको छ ।

तर संसारकै सबैभन्दा धनी र विकसित मुलुक अमेरिकामा भने जलवायु परिवर्तनको विषयलाई वाहियात भन्ने ढंगबाट व्याख्या गर्न थालिएको छ । हिजो त्यहाँको सर्वोच्च अदालतले गरेको फैसलामा कोइला बालेर पनि बिजुली निकाल्न आदेश दिइएको छ ।

तर,संसारकै सबैभन्दा गरिब मध्येको देश नेपालमा जलवायु परिवर्तनको विषयलाई हुनेखाने र अंग्रेजीमा भाषण गर्ने र समाचार लेख्नेहरुले चर्को ढंगसँग उठाइरहेका छन् । उनीहरुले निकै चिन्ता व्यक्त गर्दै निजगढमा विमानस्थल बनाउने विषयलाई जलवायु परिवर्तनको विश्वव्यापी मुद्दासँग जोडेर प्रचार गरेका छन् । अन्य निर्माणको विषयमा पनि कचकच गरेकै छन् ।

उता अमेरिकाको सर्वोच्च अदालतले त्यस्तो निर्णय सुनाएको छ,यता हाम्रो सर्वोच्च अदालतले यस्तो आदेश दिएको छ । दुई वटामध्ये अमेरिकाको कुरो ठीक कि नेपालको ? बताइदिने कसले ?

टिप्पणीहरू