फिलिपिन्सका राष्ट्रपतिको शपथ ग्रहण समारोहमा बिनोद चौधरी साक्षी

फिलिपिन्सका राष्ट्रपतिको शपथ ग्रहण समारोहमा बिनोद चौधरी साक्षी

फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोस‍को शपथग्रहण समारोहमा अर्बपति विनोद चौधरी सहभागी भएका छन् । सांसद तथा नेपाली कांग्रेसको नेतासमेत रहेका चौधरी नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् ।

आज राजधानी मनिलामा आयोजित विशेष समारोहमा उनी धर्मपत्नीसहित सहभागी भए । मार्कोसको शपथग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवत: चौधरी एक्लो व्यक्ति हुन् । उनी नेपाली राष्ट्रिय पोशाक दौरा सरूवाल र टोपी लगाएर शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र समधुर बन्ने विश्वास व्यक्त गरे ।

मार्कोस फिलिपिन्सका १७ औं राष्ट्रपति तथा चौधरीका साथी हुन् ।

टिप्पणीहरू