संसद दिवस : प्रधानमन्त्री संसदमा, सभामुख विदेशमा
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजदुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । आज ६४ औँ संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आवधिक निर्वाचनको औचित्यबारे बताउनुभएको हो ।
यता संसद दिवस मनाइरहँदा सभामुख अग्निप्रसाद सापकोटा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमा हुनुहुन्छ । उहाँ अस्ति बिहान अजरबैजान जानुभएको हो । सभामुखले त्यहाँको राजधानी बाकुमा आयोजना गरिएको असंलग्न आन्दोलनसँग सम्बन्धित राष्ट्रहरुको संसदीय नेटवर्क सम्मेलनमा भाग लिनुभएको छ ।
आज संसद दिवस मनाइरहँदा प्रधानमन्त्री उपस्थित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङबीच यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद विघटनको बारेमा विपक्ष र पक्षमा चर्को धारणा राख्नुभएको थियो ।
टिप्पणीहरू