फिलिपिन्सका राष्ट्रपतिको शपथ ग्रहण समारोहमा कमलाका श्रीमान अमेरिकी पाहुना

फिलिपिन्सका राष्ट्रपतिको शपथ ग्रहण समारोहमा कमलाका श्रीमान अमेरिकी पाहुना

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले आज राजधानी मनिलामा फिलिपिन्सको १७ औं राष्ट्रपतिको पदभार ग्रहण गरेका छन् । उनले हजारौं पाहुना र सरकारी अधिकारीहरुको उपस्थितिमा राष्ट्रपतिको शपथ ग्रहण गरेका हुन् ।

मार्कोस जुनियरले मनिलाको राष्ट्रिय संग्रहालयमा शपथ लिएका हुन् । बोङ्बोङ भनेर चिनिने उनी पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा हुन् । मार्कोसले फिलिपिन्समा सन् ७० र ८० को दुई दशक शासन गरेका थिए।

चिनियाँ उपराष्ट्रपति वाङ किशान र संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डग एमहोफलगायत शपथ ग्रहण समारोहमा उपस्थित थिए । राजधानी मनिलाको सुरक्षा व्यवस्था निकै कडा तुल्याइएको छ ।

टिप्पणीहरू