प्रधानसेनापति अमेरिकामा पनि व्यस्त

प्रधानसेनापति अमेरिकामा पनि व्यस्त

अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा भेटघाट र अवलोकनमा निकै व्यस्त हुनुभएको छ । उहाँले राजधानी वासिङ्टन डिसीस्थित नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन भ्रमण गर्नुभएको छ ।

त्यस क्रममा उहाँले नेसनल वार कलेजका कमाण्डर जेफ हर्लबर्टसँग पनि भेटवार्ता गर्नु भएको थियो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति शर्माले युनाइटेड स्टेट आर्मी वार कलेज (एडब्लुसी) र युनाइटेड स्टेट आर्मी हेरिटेज एण्ड एजुकेसन सेन्टरको अवलोकन गर्नु भएको छ ।

त्यस क्रममा विभिन्न निकायका पदाधिकारीहरूसँग समेत भेटवार्ता गर्नुभएका शर्माले त्यहाँको शैक्षिक गतिविधि, तालिमलगायत विविध पक्षका बारेमा जानकारी लिनु भएको बताइएको छ ।

अमेरिका पुग्नुअघि उहाँले लेबनान र सिरियाको भ्रमण गर्नुभएको थियो । उहाँ ती देशमा रहेका राष्ट्रसंघीय शान्ति सेनाको जिम्मेवारीमा रहेको नेपाली सेनाको डफ्फाको अवलोकनको निम्ति जानुभएको हो ।

टिप्पणीहरू