नयाँ मन्त्रीलाई माधव नेपालको तालिम

नयाँ मन्त्रीलाई माधव नेपालको तालिम

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट नवनियुक्त चार मन्त्रीलाई प्रशिक्षण दिनुभएको छ । पार्टी कार्यालय आलोकनगरमा चार जना मन्त्री र एक राज्यमन्त्रीलाई अध्यक्ष नेपालले आचरण र सरकार सञ्चालनबारे तालिम दिनुभएको हो ।

केन्द्रीय प्रचार प्रसार विभागको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालसहित प्रवक्ता जगन्नाथ खतिवडा, उपमहासचिव डा. गंगालाल तुलाधर, विभिन्न जिल्लाका इञ्चार्ज तथा अध्यक्षहरुको उपस्थिति थियो ।

प्रशिक्षण कार्यक्रम मध्यान्हदेखि अपरान्हसम्म चलेको थियो । यहि असार १२ गते समाजवादीका तर्फबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी प्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भएका थिए । हीराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी छन् ।

टिप्पणीहरू