सिंहदरबारमा एकै दिन इम्बोस्ड नम्बर र विपद् व्यवस्थापन छलफल

सिंहदरबारमा एकै दिन इम्बोस्ड नम्बर र विपद् व्यवस्थापन छलफल

आज दिउँसो सिहदरबारमा दुई वटा बैठक बसेको छ । एउट बैठक गृह मन्त्रालयमा र अर्को संसद सचिवालयमा हो । गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा विपद् व्यवस्थापन सम्बन्धी बैठक बसेको हो ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, प्रवक्ता फणिन्द्रमणि पोखरेल, चार वटै सुरक्षा निकायका विपद् व्यवस्थापन हेर्ने सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थिति थियो ।

लगातारको बैठकपछि मुलुकभर बाढी, पहिरो र डुबानको समस्या देखिएपछि मन्त्रालयमा बैठक डाकिएको हो । उता संघीय संसद सचिवालयमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त राज्य निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक समितिका सभापति निरादेवी जैरुको सभापतित्वमा अपरान्ह बसेको हो ।

बैठकमा सवारी साधनमा प्रयोग गरिने विवादित इम्बोस्ड नम्बरप्लेटको बारेमा छलफल भएको थियो ।

टिप्पणीहरू