खल्तीमा ब्राउन सुगर बोकेर हिँडेका शाही समातिए

खल्तीमा ब्राउन सुगर बोकेर हिँडेका शाही समातिए

सुर्खेत प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका–१ सातखम्बका हाल वीरेन्द्रनगर नगरपालिका–३, मुसुरीखेत बस्ने २० वर्षीया दिनेश शाही रहेका छन् ।

प्रदेश प्रहरी कार्यालयको लागूऔषध नियन्त्रण ब्युरोको टोली र जिल्ला प्रहरी कार्यालयको सादा पोसाकमा खटिएको प्रहरी टोलीले शाहीलाई शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारेको थियो ।

उनको शरीर खानतलासी गर्दा उनको साथबाट ८ ग्राम ७८० मिलिग्राम र शुद्ध ६ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले बताए ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू