बालुवाटारमा पहिले मन्त्रीको पालो,पछि प्रचण्डसँग आलोपालो

बालुवाटारमा पहिले मन्त्रीको पालो,पछि प्रचण्डसँग आलोपालो

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिले तीन जना मन्त्री र एक जना सचिवसँग भेटवार्ता गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।

हिजो बिहान बालुवाटारमा एकाध मीनेटको फरकमा उक्त भेटघाट भएको हो । बिहान पहिले भएको भेटमा गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु,ऊर्जामन्त्री पम्फा भुसाल र गृहसचिव टेकनारायण पाण्डे सहभागी हुनुहुन्थ्यो । झण्डै एक घण्टा भएको भेटवार्तामा नागरिकता विधेयकबारे छलफल भएको बताइन्छ ।

मन्त्रीहरु त्यहाँबाट निस्केपछि बालुवाटारमा प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि लामै कुराकानी भयो । उहाँहरुबीच समसामयिक राजनीति र नागरिकता विधेयकमाथि नै धेरै कुरा भएको नेपाली काँग्रेस उच्च स्रोतको दाबी छ ।

टिप्पणीहरू