आगोबाट चित्रकला

आगोबाट चित्रकला

चित्रकलाको विभिन्न माध्यम छन् र कलाकारहरु विभिन्न माध्यमबाट आफ्नो कला प्रदर्शन गर्दछन् । इराकको कुर्दिस्तान सहरमा एक युवा कलाकार छन्,कर्जान ओमर कादर नाम गरेका । उनको कलाकारिता अचम्मको छ,उनी आगो र स्प्रे पेन्टको प्रयोगले चित्र बनाउँछन् र दिनको केहि घण्टा यसमै रमाइरहेका हुन्छन् ।

१२ बर्षदेखि यसरी नै आफ्नो कला पेश गरिरहेका कादर आफूले बनाएका चित्र सोसल मिडियामा शेयर गर्नुका साथै बिक्री पनि गर्दछन् । उनका चित्रहरु इराकमा मात्र नभई खाडी तथा अन्य मुलुकमा पनि बिक्री हुने गरेको छ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू