टिचिङले बीमा कार्यक्रम नरोक्ने

टिचिङले बीमा कार्यक्रम नरोक्ने

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले बीमा कार्यक्रम नरोक्ने भएको छ । अस्पतालले आज बीमा कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराएको हो ।

यसअघि सरकारबाट स्वास्थ्य बीमा कार्यक्रम मार्फत् उपलब्ध हुनुपर्ने रकम नपाइएको भन्दै अस्पतालले आजदेखि बीमा कार्यक्रम स्थगित गर्ने जनाएको थियो । तर, स्वास्थ्य बीमा बोर्डको बैठक र विज्ञ चिकित्सकहरुसँगको विभिन्न चरणबद्ध छलफलले यसको समाधान निकालेको बताइएको छ ।

अस्पतालबाट प्रविष्ट भएको दाबीको मूल्याङ्कन गरी शोधभर्ना रकम अविलम्ब पठाउने निश्कर्ष निस्किएपछि बीमा सेवा सुचारु गरिएको अस्पतालले जनाएको छ ।

टिप्पणीहरू