विश्वकपको १८ लाख टिकट बिक्री

विश्वकपको १८ लाख टिकट बिक्री

यो वर्ष कतारमा हुन लागेको विश्वकपका लागि १८ लाख थान टिकट बिक्री भइसकेको छ । अब बाकी दुई लाख टिकट अर्को हप्तादेखि बिक्रीमा राखिने बताएको छ । टिकट बिक्री गर्दा पहिले आवेदन गर्नेले पहिले पाउने व्यवस्था गरिएको हो ।

मुख्य आयोजकले नोभेम्बर–डिसेम्बरमा मध्य पूर्वमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपको निम्ति कीर्तिमान तोड्ने गरी टिकटको माग भएको जनाएको छ । १८ लाख टिकट खरिद भइसकेकाले विश्वभरका मानिस विश्वकपमा आउन उत्साहित देखिएको उनीहरुको भनाइ छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई टिकट बिक्रीको सुरुवाती चरणमा सकस परेको थियो । अर्जेन्टिना, ब्राजिल, इङ्गल्यान्ड, फ्रान्स, मेक्सिको, कतार, साउदी अरेबिया र संयुक्त राज्य अमेरिकाबाट धान्न नसकिने संख्यामा माग भएपछि टिकट बन्द गरिएको थियो ।

कतारले गैरहोटल आवास निर्माणलाई बढाएको छ । भिल्ला र अपार्टमेन्टहरूमा ६५ हजार कोठा बुक गर्नका लागि खुल्ला गरिएको छ । दोहा बन्दरगाहमा राखिएका दुई क्रुज जहाजमा पनि पाहुनाको लागि चार हजार कोठा बुकिङ खुल्ला गरिएको छ ।

कतारले विश्वकपमा १२ लाख आगन्तुक भित्र्याउने लक्ष्य राखेको छ । यो संख्या त्यहाँको कुल जनसंख्याको आधा हो ।

टिप्पणीहरू