उकालो लाग्दै कोरोना, थप ६२ जनामा संक्रमण

उकालो लाग्दै कोरोना, थप ६२ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा मुलुकभर ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार छ सय २० जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।

एक हजार ८ पिसीआर परीक्षणमा ५१ जना र छ सय १२ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । आज कोरोनाबाट १९ जना निको भएका छन् ।

हाल मुलुकभर दुई सय ६१ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । तर आज कोरोनाबाट कसैले पनि ज्यान गुमाएका छैनन् ।

टिप्पणीहरू