स्थानीय सरकारमा अनियमितता बढ्यो : राष्ट्रपति भण्डारी

स्थानीय सरकारमा अनियमितता बढ्यो : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहमा अनियमितता बढेको गुनासो गर्नुभएको छ । आज महालेखा परीक्षक कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरीहरु नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्न सुझाव दिनुभएको छ ।

आर्थिक शुद्धता नै सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा नवस्थापित स्थानीय तहहरुमा अनियमितता वृद्धि हुँदै जानु चिन्ताको विषय बनेको छ । हाल स्थानीय तहको निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वले विगतका कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्छ ।‘

संघ, प्रदेश र स्थानीय तहमा आर्थिक पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालय सक्षम हुनुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति भण्डारीले सार्वजनिक प्रशासनमा देखिएका अनियमितता, चुहावट र भ्रष्टाचारलाई नियन्त्रण गर्दै विकास र समृद्धिको वातावरण सिर्जना गर्न राज्यका सबै निकायको एकीकृत र समन्वयात्मक विकास आवश्यक रहेको उल्लेख गर्नुभयो ।

टिप्पणीहरू