राजश्व छल्नेविरुद्ध मुद्दा दायर

राजश्व छल्नेविरुद्ध मुद्दा दायर

राजश्व अनुसन्धान विभागले १३ वटा कम्पनीविरुद्ध करोडौं जरिवाना र सजायको माग गर्दै मुद्दा दायर गरेको छ । विभागले आज उच्च अदालत, ललितपुरमा मुद्दा दायर गरेको हो ।

व्यापार व्यवसाय गर्ने क्रममा राजश्व छलेकाले मुद्दा दायर गर्नुपरेको विभागले जनाएको छ । विभागले पशुपति रोड क्यारियर, सुद्रानिया इम्पेक्स, आर एण्ड एस इन्टरनेशनल, अरुण क्लोथ सप, श्री एन ए इम्पेक्स, आर साडी कलेक्सन, एजिनिटी मार्केटिङ कम्पनी प्रालिविरुद्ध मुद्दा दायर गरेको हो ।

त्यसैगरी, एचडिएम इन्टरप्राइजेज, राजकुमार एण्ड सन्स, उत्सव ट्रेड कन्सर्न, दामोदर रिमाल, फेसन व्याइ सेन्टरविरुद्ध पनि मुद्दा परेको छ । ती कम्पनीबाट २२ करोड १९ लाख ४६ हजार ७०३ रुपैयाँ बिगो असुल हुन बाँकी रहेको उल्लेख गर्दै विभागले ४४ करोड ३८ लाख ९३ हजार ४०७ रुपैयाँ मागदाबी गरेको छ ।

टिप्पणीहरू