‘झिँगेदाउ’को टाइटल टिजर रिलिज « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

‘झिँगेदाउ’को टाइटल टिजर रिलिज

प्रकाशित मिति :  १५ असार २०७९, बुधबार १६:१०


ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टाइटल टिजरबाट सिनेमाको कथासार बुझाउन खोजिएकोे बताइएको छ । सार्वजनिक ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ ।

निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन पनि आफूले टाइटल टिजर सार्वजनिक गरेको वास्तविकता खुलाए । आगामी भदौ १७ गतेदेखि नेपालभरका सिनेमा घरमा झिँगेदाउ रिलिज हुनेछ । सिनेमाको पोष्ट प्रोडक्सनको सम्पूर्ण काम सकिएको छ । अहिले आफू सिनेमाको पूर्णप्रचारमा केन्द्रित रहेको पनि निर्देशक देउजाले बताए ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमा भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’ मा बनाइएको हो । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायाङ्कन छ । मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् । सिनेमाका सह–निर्माता सुशिल दाहाल र ईश्वर घिमिरे हुन् ।

सिनेमामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्ट मुख्य भूमिकामा देखिनेछन् । सिनेमामा केकी र आँचलले जेठानी देउरानीको भूमिका निभाएका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमाको गीत आगामी हप्ता रिलिज गर्ने तयारी भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !